शरणार्थी

पूर्वेली टाईम्स March - 6 - 2013 2 प्रतिकृयाहरु



- शान्तिराम ढकाल

shantiram dhakal
मान्छेको हुल
भेडा बाख्राहरु खेदिए झैं
भर्खरै ओरालो लागे
ओरालो कहीं केहि उकालो
नागबेली अनि चट्टानहरु हुँदै
देश खोज्दा खोज्दै हराए
राति न दिउसो बाँदरले बच्चा चेपे जस्तै
नानीहरु आमाले चेपेर
राति न दिउसो पैतालामा ठेलाहरु उठाएर
हिड्न सकुन्जेल हिँडे
क्षितिजमा देश थिएन
सिमाना पनि भेटिएन

हाती गाउँमा पसे जस्तो गरे
मान्छेको बस्तीमा
बन मान्छे जस्तो गरि टिन र नाङ्लो ठटाए
मान्छेले मान्छे खेद्यो
ती अनगिन्ति पाइतालाहरुको
ठुलै घुइँचो लाग्यो
तिनीहरुले बाटो छोडेर बगर रोजे
भीड लाग्यो हेर्नेको तिनीहरुलाई
नक्षत्रका तारा हेरे जस्तो
तिनीहरु हाम्रै थिए
हाम्रै बंशका थिए
थकित थिए गलेका थिए भोका थिए



अबोध बालकहरुलाई ती गलित आमाहरुले
आफ्ना काखमा सुकेका लाम्टा चुसाउँदै
लमतन्न लडे त्यो बगरमा
अनि तिनीहरुले मान्छेभन्दा
पृथक नाम पाए
मान्छेको बस्तीमा
मानवता एकपटक रोयो
नाम पाए
शरणार्थी ….

– क्यालिफोर्निया

2 Responses

  1. श्याबास !!! शान्ति सर । तपाईंका लेखहरु साह्रै नै रसिला र वास्तविकताले भरिपूर्ण हुछन । एस लेखका लागि तपाईंलाई धेरै धेरै धन्यवाद दिदै आउँदा दिन्हरुमा पनि एस्ता कबिता भनौ “वस्तबिक्ताको कोसेली ” हरु घरी घरी पढ्ने आसा राख्दै कलम कोम्प्युटर बन्द गरे । ।

    यो प्रतिकृया धेरैलाई मनपर्‍यो ! तपाईंलाई? Thumb up 6 Thumb down 0

    • किन गर्छौ गुमान,दुइ दिन्को जीवन्मा,के छ बताउ तिम्रो यो संसारमा !
      स्त्री-पुत्र,धन-दौलत होइनन तिम्रा साथी!
      साथ कसैले दिने छैन चिताको अग्नि माथी !!
      किन गर्छौ गुमान,दुई दिन्को जीवन्मा,के छ बताउ तिम्रो यो संसारमा !

      प्रतिकृया मनपर्‍यो की परेन? Thumb up 3 Thumb down 1

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ । आफ्ना लेख रचनाहरू यहाँ प्रकाशित गर्न चाहनुहुन्छ भने purbelitimes@gmail.com मा इमेल गरि पठाउनु सक्नु हुनेछ ।


Warning: require_once(/home/netkh0/public_html/purbelitimes/wp-content/themes/aristo/footer.php) [function.require-once]: failed to open stream: Permission denied in /home/netkh0/public_html/purbelitimes/wp-includes/template.php on line 501

Fatal error: require_once() [function.require]: Failed opening required '/home/netkh0/public_html/purbelitimes/wp-content/themes/aristo/footer.php' (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/netkh0/public_html/purbelitimes/wp-includes/template.php on line 501