तीन दिनदेखिको बन्द खुल्यो

पूर्वेली टाईम्स March - 6 - 2012 0 प्रतिकृया

बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुहरूले तीन दिनदेखि गरेको बन्द आजबाट खुलेको छ । बन्द खुलेपछि दमक र आसपासका क्षेत्रको जनजीवन सामान्य वन्दै गएको छ ।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका पूर्व लडाकु र उद्योग बाणिज्य संघ दमक बिच सहमति भए पछि बन्द बजार खुलेको हो । बन्द खुलेको घोषणापछि पसल, उद्योग, ब्यापार, शिक्षण संस्था सुचारु भएका छन् । तर, तीन दिनदेखि बन्द् रहेको यातायात भने अझै सुचारू हुन छैन ।
छलफलमा आन्दोलनरत लडाकुहरुको मागप्रति सरकारले सम्बोधन गर्नुपर्ने, लडाकुलाई भनिएको अयोग्य शव्द हटाइनु पर्ने लगायतमा मुद्दामा संघले समेत सरकारसँग माग गर्ने सहमति भएको थियो ।
आन्दोलनरत सेनाको मागको विषयमा छलफल गरी उद्योगी, व्यवसायी र जनतालाई राहत मिलाउन सरकारसँग माग गर्ने सहमति भएको संघका अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. ब्रेकिङ न्यूज (बन्द फिर्ता) सरकारले बार्ताका लागि औपचारिक रुपमा प्रस्ताव पठाएपछि ४ दिनदेखि आमहड्तालमा उत्रिएको संघीय लिम्बुवान राज्य परिषदले ९ जिल्ला बन्द फिर्ता लिएको छ । बिर्तामोडमा जारी परिषदको बैठकपछि बन्द फिर्ताको औपचारिक जानकारी दिइने बुझिएको छ । परिषदका अध्यक्ष सन्जुहाड पालुडवाले केन्द्रीय समितिको बैठकपछि बन्द फिर्ताको जानकारी दिइने बताउनुभयो । पूर्वेली टाइम्सका लागि...
  2. तरूण दलद्वारा झापा र इलाम बन्द नेपाल तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा तरुण दल र नेपाल विद्यार्थी संघले गरेको बन्दका कारण आज पनि झापामा सबारीका साधन चलेका छैनन् । दमक तथा आसपासका बजारहरूमा पसल भने खुल्ला रहेका छन् । नेपाली काँग्रेसले भोलिबाट मात्रै बन्द गर्ने भनेपनि पार्टीको भातृसंगठनका कार्यकर्ताहरुले आज चोक चोकमा मोटरसाइकल...
  3. बन्द फिर्ता आदिवासी जनजातिमा समेट्नु पर्ने, खसान क्षेत्र घोषणा गर्नु पर्ने लगायतका माग राख्दै खस क्षेत्री एकता समाजले आव्हान गरेको तीन दिने पूर्वाञ्चल बन्द फिर्ता भएको छ । सरकारले वार्तामा बोलाएपछि शुक्रबार र शनिवार हुने भनिएको बन्द फिर्ता भएको समाजनका दमक नगर अध्यक्ष गोविन्द बस्नेतले बताए । विहीबार भएको बन्दमा पूर्वाञ्चलका यातायात,...
  4. मुल्यवृद्धिको विरोधमा बन्द पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध गर्दै आन्दोलनरत एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज झापा बन्द गराएको छ । बन्दका कारण झापाको दमक, विर्तामोड, काकडभिट्टा, भद्रपुर, सुरुङ्गा लगायतका मुख्य बजार क्षेत्रहरु प्रभावित भएका छन् । वन्दका कारण शिक्षण संस्थाहरु, बजार, कलकारखाना अधिकाँश रुपमा बन्द छन् भने सार्वजनिक यातायात ठप्प रहेको छ...
  5. इटा उद्योग बन्द हुने अवस्थामा बन्द हड्ताल लगायतका विभिन्न समस्याहरुका वावजुद इटा उत्पादन गरिरहेका झापाका इटा उद्योगीहरू उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् । गएको आर्थिक वर्षको तुलनामा यो वर्ष इटा तयार पार्नका लागि प्रयोग गरिने कोइलाको मूल्यमा दोब्बर वृद्धि भएपछि आफ्नो उद्योग नै बन्द नै गर्नु पर्ने अवस्थामा पुगेको बाबा इटा उद्योग तोपगाछी झापाका...
बर्गिकरण: समाचार, स्थानीय

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ । आफ्ना लेख रचनाहरू यहाँ प्रकाशित गर्न चाहनुहुन्छ भने purbelitimes@gmail.com मा इमेल गरि पठाउनु सक्नु हुनेछ ।

Copy Protected by Chetans WP-Copyprotect.