फेरि भूमिगत हुने पूर्व लडाकुको चेतावनी

पूर्वेली टाईम्स February - 29 - 2012 0 प्रतिकृया

आफ्ना माग तीन दिन भित्रमा सम्वोधन नगरिए भूमिगत हुने पूर्व माओवादी लडाकुहरूले चेतावनी दिएका छन् । अनमिनले अयोग्य ठहर्‍याइ वहिर्गमनमा परेका पूर्व लडाकुले आज एक पत्रकारसम्मेलन गरी सरकारले आफ्ना माग तीन दिन भित्रमा सम्वोधन नगरे भूमिगत हुने चेतावनी दिएका हुन् ।
पूर्व लडाकुहरूद्वारा गठन गरिएको वहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति अन्तर्गत पूर्वी कमाण्ड मेची अञ्चलले दमकमा गरेको पत्रकार सम्मेलनमा आगामी २० गतेभित्र आफ्ना माग पूरा नगरे २१ गतेदेखि अनिश्चितकालिन आम हडताल गर्ने घोषणा समेत गरेका छन् ।
संघर्ष समितिका संयोजक सुनिल लिम्वुले पत्रकार सम्मेलनमार्फत उक्त समयसीमाभित्रमा सरकारले आफ्ना मागको सुनुवाइ नगरी आन्दोलन दवाउने चेष्टा गरे भूमिगत हुनेसम्मको चेतावनी दिए ।
शन्ति प्रकृया टुङ्गोमा पुर्‍याउने र संविधान निर्माण गर्ने वहानामा २०६६ सालदेखि वाहिर निकालिएका लडाकुलाई यतिका समयसम्म कुनै आर्थिक प्याकेज नदिएकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको लिम्वुले बताए । उनले आफ्नै पार्टी सरकारमा पुगेर पनि आफ्ना समस्याप्रति वेवास्ता गरेपछि आन्दोलनमा जानुको विकल्प नरहेको वताए ।

लिम्वुले सातवटै शिविरवाट वहिर्गमनमा परेका सवै ४ हजार ८ जना लडाकु संगठित भएर आन्दोलनमा उत्रने पत्रकार सम्मेलनमा चेतावनी दिए ।
अनमिनको प्रमाणीकरणमा अयोग्यको विल्ला भिराएर वाहिर निकालिएका लडाकुको अयोग्यताको विल्ला फिर्ता लिनु पर्ने माग वहिर्गमित लडाकुले राखेका छन् ।
अयोग्य वनाइएका धेरै लडाकु अहिलेका माओवादीका मन्त्रीका निजी सुरक्षा गार्ड भएर काम गरेका भए पनि अहिले तिनै नेताले नै आफूहरूलाई नचिनेको जस्तो व्यवहार गर्ने गरेको समेत उनीहरूले दुखेसो पोखे ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. चेक फिर्ता नभए कडा आन्दोलनको चेतावनी स्वेच्छिक अवकास रोजेका माओवादी लडाकुहरुले खोसिएका आफ्नो बैंक चेक फिर्ता नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । आज दमकमा पत्रकार सम्मेलन गरेर पहिलो डिभिजन चुलाचुलीबाट बाहिरिएका लडाकुले यस्तो चेतावनी दिएका हुन् । पटक पटक आग्रह गर्दा पनि चेक खोस्ने र बैंकखाताबाट रकम निकाल्ने क्रम नरोकिएपछि भोलिबाट एक हप्ताका लागि संघर्षका...
  2. घाइते लडाकुहरूद्वारा कडा संघर्षको चेतावनी इलामको चुलाचुलीस्थित माओवादी लडाकुको प्रथम डिभिजन मुख्यालयमा आज ६३ जना लडाकुलाई चेक वितरण गरिएको छ । सेना समायोजन विशेष समिति सदस्य शम्भुराम सिम्खडा नेतृत्वको टोलीले चेक वितरण गरेको हो । मुख्यालयबाट चेक प्राप्त गर्नेमा सहायक शिविरहरू दानावारी, याङशिलाका लडाकुका साथै मृतक लडाकुका आफन्तहरू समेत रहेका छन् । एकजना घाइते लडाकुले...
  3. पूर्व लडाकुहरूद्वारा यातायात बन्द अनमिनले अयोग्य ठहर्‍याएका माओवादी पूर्व लडाकुहरुले आज झापामा यातायात बन्द गराएका छन् । हिजो सुर्खेतमा आफ्ना सहकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको बिरोधमा उनीहरूले दिउँसो सवा २ बजेदेखि तोपगाछीको केर्खा क्षेत्रमा एक घण्टा यातायात बन्द गराएका हुन् । करिब २५ जनाको संख्यामा आएका पूर्व लडाकुहरुको एक समूहले माओवादी लडाकुहरूले बनाएको सहीद गेट...
  4. चैतमा चुनाब नभए सशक्त आन्दोलन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष नविना लामाले त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचनको मिति तत्काल नतोके सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । प्रेस चौतारी झापाले आज दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै लामाले जसरी र जुनसुकै हालतमा भए पनि विश्वविद्यालयले स्वबियु निर्वाचन गराउनु पर्ने धारणा राख्नुभयो ।’ विश्वविद्यालयले...
  5. मञ्च फेरि टुक्रियो, लिङदेन निलम्वित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दोस्रो पटक टुक्रिएको छ । मञ्चको अध्यक्षमा कुमार लिङदेन र इन्द्रहाङ खम्बुले दावी गरेपछि भएको बिबादपछि मञ्च टुक्रिएको हो । यसअघि पनि मञ्च एकपटक टुक्रिएको थियो । संबिधान सभाको निर्बाचनपछि सभाषदका बिषयमा बिबाद भएपछि कुमार लिङदेन र लक्ष्मण थारुले मञ्चलाई टुक्र्याएका थिए । लिङदेन र खम्बुले...
बर्गिकरण: समाचार, स्थानीय

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ । आफ्ना लेख रचनाहरू यहाँ प्रकाशित गर्न चाहनुहुन्छ भने purbelitimes@gmail.com मा इमेल गरि पठाउनु सक्नु हुनेछ ।

Copy Protected by Chetans WP-Copyprotect.