गृह जिल्लामा दिनभर व्यस्त सभाध्यक्ष नेम्बाङ

पूर्वेली टाईम्स February - 27 - 2012 0 प्रतिकृया

सधैँजसो राजधानीमा नै व्यस्त रहने संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ आइतवार इलाममा दिनभर व्यस्त रहे । उनले एकै दिनमा तीनवटा कार्यक्रमको उद्घाटन गर्न भ्याए । संविधान निर्माणको अत्यन्तै महत्वपूर्ण समयको बावजुद पनि गृह जिल्ला इलाम आएको बताउने नेम्वाङ दिनभर उद्घाटन कार्यक्रममा व्यस्त देखिन्थे ।
संविधान निर्माणको छोटो समयमात्र भएको बताउने नेम्वाङले एकै दिन इलाममा तीनवटा कार्यक्रम उद्घाटन गरेका हुन् । बिहान साढे सात बजे सदरमुकामस्थित माइपोखरी संचार सहकारी संस्था इलामद्वारा सञ्चालित मेची अञ्चलकै पहिलो सामुदायिक रेडियो इलाम एफएमको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरे । रेडियोको उद्घाटन कार्यक्रममा बोल्दै नेम्बाङले सबै दलहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे । नेपाली जनताले सबै दललाई सामान्य बहुमत पनि नदिएको सबै मिलेर अघि बढ्न म्याण्डेड दिएको बताए ।
‘संविधान सभाको निर्वाचनमा कसैलाई पनि बहुमत दिएको छैन । यसको अर्थ झगडा गर्नु होईन’ हामी सबै मिलेर संविधान निर्माण गर्नु हो’, नेम्बाङले भने, ‘त्यसैले अहिलेसम्म प्राप्ति भएको उपलब्धिलाई समेत संस्थगत गर्न र समयमै शान्ति प्रक्रिया टुङगोमा पुर्‍याई संविधान जारी गर्न दलहरु मिल्नुको विकल्प छैन ।समयमै संविधान निर्माणका लागि सबै जनताले सकारात्मक दबाव दिनुपर्छ,’ उनले एफएमलाई आग्रह गर्दै भने, ‘सकारात्मक दबाव श्रृजना गर्न इलाम एफएमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त छु ।’

एफएमको उद्घाटन कार्यक्रमपछि हतारहतार अर्को कार्यक्रममा जान तम्सिए । दिउँसो त्यसपछि दिउँसो १२ बजे सदरमुकाम स्थित गौतम बुद्ध सभागृहमा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनको उद्घाटन गरे । हतारहतारमा उद्घाटन गरेर केही मिनेट मात्र समय दिएर शान्ति र संविधानकै कुरा गरे । कार्यक्रममा बोल्दै अध्यक्ष नेम्बाङ्गले शान्ति र संविधान टुङ्गोमा पुर्‍याउन दलका नेताहरुलाई साहित्यकारहरुले विभिन्न लेखरचनाको माध्यमबाट दवाब दिनुपर्ने बताए । ‘अहिले देश संक्रमणकालीन अवस्थामा छ, दलहरु आपसमा झगडा गरिरहेका छन्’, अध्यक्ष नेम्बाङले भने, ‘साहित्यकारहरुले साहित्यको माध्यमबाट दल र दलका नेताहरुलाई मिलेर अघि बढ्नका लगि एकताको सन्देश दिनुपर्छ ।’
अध्यक्ष नेम्बाङले राष्ट्र र समाज परिवर्तनका लगि साहित्यकारले खेलेको भूमिका स्मरण गर्दै नयाँ नेपाल निर्माण गर्ने क्रममा पनि साहित्यकारको उत्तिकै भूमिका रहने उल्लेख गरे । मन्तव्य सक्न मात्र के पाएका थिए, नेम्बाङ हुँइकिए अर्को कार्यक्रमतर्फ। नेम्बाङ २ बजेका लागि तय गरिएको जिल्लाको पश्चिमी गाविस मंगलबारेमा पुगे ।
त्यहाँ जिल्ला जनस्वास्थ्य कार्यालय इलामले आयोजना गरेको एकीकृत जनस्वास्थ्य अभियानको पनि उद्घाटन गर्न भ्याए । मंगलबारेमा पनि नेम्बाङले शान्ति र संविधानको कुरा गर्न भुलेनन् । त्यहाँ उनले मुलुक अहिले चुनौतीपूर्ण स्थितिमा रहेकाले सविंधान निर्माणको अभिभारा पूरा गर्नकै लागि आफू विदेश भ्रमण गर्न छाडेको बताए । उनले अन्य दल र दलका नेताहरुलाई पनि विदेशको यात्रा विर्सीं संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब पलेँटी कसेर लाग्न अनुरोध गर्नसमेत भ्याए ।
इलाममा उद्घाटन कार्यक्रममा आउनुअघि पनि उनले झापा शनिश्चरेस्थित कालिस्थान उच्च माविको स्वर्ण महोत्सवको समेत उद्घाटन गरेका थिए ।

राम योङहाङ

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. सबै एकजुट भएर लागे समयमै संविधान जारी हुन्छ संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले सबै दलहरु एकजुट भएर लागे समयमै शान्ति प्रक्रिया टुङ्गोमा पुगी संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । माइपोखरी संचार सहकारी संस्था इलामद्वारा सञ्चालित मेची अञ्चलकै पहिलो सामुदायिक रेडियो इलाम एफएमको नवनिर्मित कार्यालय भवनको आज इलाममा उद्घाटन गर्नुहुँदै अध्यक्ष नेम्बाङ्गले शान्ति प्रक्रिया र सविंधान लेखन कार्य...
  2. अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलाममा (भिडियो) अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको अवस्था कस्तो छ, नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा कस्तो भूमिका खेलिरहेको छ भन्ने विषयमा वृहत छलफल गर्न इलाममा आज अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शुरु भएको छ । विश्वभरका साहित्यकारहरुको अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित सम्मेलनको इलाम नगरपालिकास्थित गौतम बुद्ध सभागृहमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले गरेका छन्...
  3. चार महिनामा शान्तिप्रकृया टुङ्ग्याइन्छ-खनाल इलाम/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्धारित समयभित्र संविधान निर्माण गर्न र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सवैले एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । लडाकूहरुको समायोजन र संविधान निर्माण गर्न सकिए संक्रमणकालको अन्त्य हुने उहाँले बताउनुभयो । आफ्नो जन्मगाउँ इलामको साँखेजुङ्गमा आज नेकपा एमाले गाउँ कमिटीले आयोजना गरेको...
  4. संविधानसभा जन्मैदेखिको अपाङ्ग र रवर स्ट्याम्प मात्र – थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पछिल्लो पटक थपिएको समय जेठ १४ भित्र पनि शान्ति स्थापना र संविधान निर्माणको काम नसकिने आरोप लगाएका छन् । आज झापाको गोलधापमा आयोजित आमसभालाई संवोधन गर्दै अध्यक्ष थापाले मुलुकको प्रजातन्त्र उग्रवामपन्थी धरापमा फसेको बताउँदै दलहरुले प्रजातन्त्रको आवरणमा सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेको आरोप लगाए...
  5. आम्दा अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न प्रसुति भवनको उद्घाटन झापाको दमकस्थित आम्दा अस्पतालमा निर्माण गरिएको सुविधासम्पन्न प्रसुती भवनको उद्घाटन गरिएको छ। अमेरीकाको निक साईमन्स इन्ष्टिच्युटको सहयोगमा झापाको दमक-२, खरखरेस्थित आम्दा अस्पतालमा भर्खरै निर्माण सम्पन्न गरिएको सो भवनको आज उद्घाटन गरिएको हो । इन्ष्टिच्युटका संस्थापक दम्पती डा. जिम साइमन तथा मेरीलिन साइमनले संयुक्त रुपमा भवनको उद्घाटन गर्नु भएको थियो ।...
बर्गिकरण: समाचार, स्थानीय

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ । आफ्ना लेख रचनाहरू यहाँ प्रकाशित गर्न चाहनुहुन्छ भने purbelitimes@gmail.com मा इमेल गरि पठाउनु सक्नु हुनेछ ।

Copy Protected by Chetans WP-Copyprotect.