अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको अवस्थाबारे छलफल गर्न फरक विशेषता र ढाँचाका साथ इलाममा पहिलोपटक आईतबार अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०६८ को शुरु हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्तराष्ट्रिय साहित्य सम्मेलन आयोजक समिति इलामले शनिबार इलाममा पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
पत्रकारहरुलाई साहित्य सम्मेलनको जानकारी दिदैं आयोजक समितिका महासचिव विमल वैद्यले अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा करिब डेढ सय नेपाली भाषी, लेखक, साहित्यकार, पत्रकार र संगीतकारहरुको जमघट हुने जानकारी दिनुभयो । ‘सम्मेलनमा नेपाल, भारत, अमेरीका, युरोप, बेलायत लगायतका स्थानहरुमा छरिएर रहेका नेपाली साहित्यलाई माया गर्ने नेपाली साहित्यकारहरुको जमघट हुन्छ’, पत्रकार सम्मेलनमा महासचिव वैद्यले भन्नुभ, ‘पहिलेको भन्दा पृथक विशेषताका र ढाँचामा साहित्य सम्मेलन गर्दै इलामको पुरानो परम्परालाई फेरी एकपटक निरन्तरता दिन गईरहेका छौँ ।’ सम्मेलनमा भारतका दिल्ली, सिक्किम, दार्जिलिङ, कलकत्ता, बनारस, मेघालय, देहरादुन, अरुणाञ्चल लगायतका स्थानबाट नेपालीभाषी लेखक, साहित्यकारहरु इलाम आउने क्रम शुरु भएको आयोजकले जानकारी दिएको छ ।
सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, बरिष्ठ समालचोक डा. तारानाथ शर्मा, डा. ध्रुवचन्द्र गौतम, डा. राजेन्द्र सुवेदी, डा. खगेन्द्र लुइँटेल, प्राज्ञ गीता केशरी, प्राज्ञ श्रवण मुकारुङ्ग, संगीतकार तथा गायक बुलु मुकारुङ्ग लगायतको सहभागी हुने वैद्यले जानकारी दिनुभयो । यस्तै पत्रकार तथा साहित्यकार किशोर नेपाल, कवि तीर्थ श्रेष्ठ, साहित्यकार धिरेन्द्र प्रेमर्षी, नाटककार अशेष मल्ल, साहित्यकार महेश प्रसाईं, डा. दुवसु क्षेत्री, साहित्यकार प्रेमबिनोद नन्दन, कवि सन्ध्या पहाडी, लव गाउँले लगायतको समेत उपस्थिति रहने बताइएको छ । 
त्यस्तै सम्मेलनमा भारत दार्जिलिङ्गबाट साहित्यकारहरू विणा हाङ्गखिम, स्नेहलता राई, बिन्ध्या सुब्बा, कलकत्ताबाट नारायणप्रसाद हुमागाईं, अमेरिकाबाट रामबाबु सुवेदीको सहभागिता रहने जनाइएको छ भने विराटनगरबाट कृष्ण भुषण बल र मनु मन्जिल समेतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सम्मेलनको उद्घाटन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०६८ को शुरु भयो’ भन्ने भनाईका साथ गरिने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा नेपाली समकालीन साहित्यबारे अन्तर्राष्ट्रिय स्तरमा बृहत बहस गर्ने र ‘इलाम घोषणा’ जारी गरिने समेत वैद्यले जानकारी दिनुभयो ।
यसैबीच सम्मेलन आयोजनाको पूर्व सन्ध्यामा इलाम नगरपालिकाले इलाम बजारको सरसफाई गरेको छ । सम्मेलनमा सहभागी अतिथिहरुलाई इलाम स्वच्छ, सफा देखाउनका लागि नगरपालिकाले जिल्ला मालपोत कार्यालयदेखि गौतमबुद्ध सभागृहसम्म, गौतमबुद्ध सभागृह हुँदै मालापथसम्म, चोकबजार हुँदै बसपार्कसम्म, बसपार्कदेखि चियाबारी रेलिङ्ग बाटो सरसफाइ गरिएको थियो । सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगरपालिका कर्मचारी, होटल एसोसिएसन र इलाम चिया कमानका मजदुरहरूको सहभागिता रहेको थियो ।
राम
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- भेलाको तयारी पूरा, शिर्ष नेताहरू झापामा युवा संघ नेपालको विर्तामोडमा हुने राष्ट्रिय भेलाको व्यवस्थापनका लागि सबै कार्य पूरा भएको संघले जनाएको छ । संघले आज एमाले जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी भोली पुस २९ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि सबै जिल्लाबाट आउने कार्यकर्तालाई खान वस्न, सभालाई व्यवस्थित गर्न स्वयमसेवक, सवारी साधन पार्किङका लगायतका...
- आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न विभिन्न १० बुँदे घोषणा–पत्र जारी गर्दै सुनसरीको धरानमा आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । आदिवासी जनजातिको आत्मानिर्णयको अधिकार र स्वयत्तताको अभ्यास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनले भाषा, धर्म र संस्कृतिको एकाधिकारको सिद्धान्त र विभेदकारी नीतिको अन्त्य अबको संविधानमा सुनिश्चित हुनुपर्नेमा जोड दिदै सम्मेलन सम्पन्न भएको हो । अन्तरराष्ट्रिय श्रम...
- जामुनखाडी महोत्सवको तयारी झापाको सुरुङ्गास्थित पर्यटकीय गन्तव्य जामुनखाडी सिमसार क्षेत्रमा जामुनखाडी वन महोत्सव आयोजना गर्ने तयारी गरिएको छ । जामुनखाडी सामुदायिक बनउपभोक्ता समितिले आज पत्रकार सम्मेलन गरेर आगामी फागुन ६ गतेदेखि महोत्सव आयोजना गरिने जानकारी दिएको हो । फागुन १६गतेसम्म हुने महोत्सवमा विभिन्न लोपोन्मुख जिवजन्तु, जडिबुटी, बनस्पतीहरू प्रदर्शन गरिनुका साथै स्थानिय र राष्ट्रिय...
- युवा संघ राष्ट्रिय भेलाको आधा तयारी पूरा युवा संघ नेपालको राष्ट्रिय भेला तथा भेला उद्घाटनको तयारी पचास प्रतिशतभन्दा बढी पूरा भएको जानकारी गराइएको छ । पौष २९ गते झापाको बिर्तामोडमा एक लाख पचास हजार कार्यकर्ताको सहभागिता गराएर शान्ति र संबिधान निर्माणमा जनदबाब सिर्जना गर्ने कामको तयारीको बिषयमा सोमबार आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराइएको...
- कृषि गणनाको तयारी इलाममा आगामी माघ २ गतेदेखि कृषि गणना शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि खटाएको २५ सदस्य एक टोली इलाम आएर त्यसको तयारी गरिरहेको छ । २० जना गणक र पाँच जना सुपरिवेक्षक कृषि गणनामा खटिने कृषि गणना समन्वय समतिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज...






अन्तरराष्ट्रिय सम्मेलन हुनु आँफैमा अतीनै राम्रो कुरा हो, तर मैले भुटानको कुनै नाम निसान सुनीन।
भुटानमा नेपाली भाषाको अस्तिवकोलगी आफ्नु सबै कुरा दिने मान्छेहरुलाई नभुलेको राम्रो होला। नत्र एकै पटक नेपाल र अमेरिकामा दुइता सम्मेलन सुरु हुन बेर छैन।
किशोर
अमेरिका
प्रतिकृया मनपर्यो की परेन?
0
0