शरणार्थीका लागि स्पष्ट नीति र कानुनको खाँचो

पूर्वेली टाईम्स November - 19 - 2010 4 प्रतिकृयाहरु

नेपालमा विगत पाँच दशकदेखि शरणार्थीहरु बस्दै आए पनि अझै यससम्बन्धी कानुन बन्न सकेको छैन भने नेपालले शरणार्थीको हैसियतसम्बन्धी महासन्धि १९५१ मा हस्ताक्षर गरेको छैन । नेपालमा सन् १९५९ देखि तिब्बती र विगत २० वर्षदेखि भुटानी शरणार्थी बस्दै आएका छन् ।
नेपाल सरकारको विदेश नीतिलाई मानेर शरणार्थीका अधिकार, वातावरण र शरणार्थीलाई सहयोग गरेर शरणार्थीको समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

संवाद नेपाल पोखरा र नेपाल मानवअधिकार सङ्गठनद्वारा आज राजधानीमा आयोजित नेपालमा रहेका शरणार्थी र नेपाल विषयक गोष्ठीमा यस्तो आवश्यकता औंल्याइएको हो ।
खासगरी लामो समयदेखि उमेर पुगेका शरणार्थीहरुको परिचयपत्र बन्न नसकेको, त्यस्तो सङ्ख्या १२ हजारभन्दा बढी भएकाले जन्म, मृत्यु दर्ता समेत हुन नसकेको जस्ता समस्या नेपालका शरणार्थीले भोग्दै आएका छन् ।
नेपालमा रहेका शरणार्थी र नेपाल विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल मानवअधिकार सङ्गठनका अध्यक्ष सुदीप पाठकले तिब्बती शरणार्थीलाई कल्याणकारी काम गर्न स्वतन्त्र वातावरण नभएको, जातीय धार्मिक अधिकारको प्रयोगमा अवरोध रहेको तथा उच्च शिक्षा पढ्दा विदेशी कोटामा पढ्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।
शरणार्थी परिचयपत्रको आधारमा ट्राभल डकुमेन्ट बन्न नसक्ने, सो डकुमेन्टको म्याद दस वर्षहुन नसक्दा एकपटक मात्र प्रयोग गर्नुपर्ने बाध्यता रहेको र ट्राभल डकुमेन्टको आधारमा विदेशी मुद्रा साट्न पाउने र विदेशी मुद्रा बोकेर यात्रा गर्न पाउने व्यवस्था गरिनुपर्ने व्यवस्था गर्न शरणार्थीले माग गर्दै आएका छन् ।
परिचयपत्र नहुँदा जीवीकाको लागि असर परेको, शरणार्थी नेपाल प्रवेश गर्ने नाकामा फिर्ता गर्ने र प्रहरीले यातना दिने काम हुने गरेको तथा शरणार्थीहरुको आर्थिक अवस्था नाजुक भएकाले उनीहरुको जीवनयापन सहज बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
हाल आएर शरणार्थीहरु विदेश जाने र नचाहनेबीच विभाजन देखिएको, स्वदेश जान चाहनेलाई कुनै सुरक्षा नभएको तर विदेश जान चाहनेलाई स्वदेशी विदेशी संस्थाहरुले सहयोग गर्ने गरेको पाइएको छ । कार्यक्रममा सभासद् नरहरि आचार्यले शरणार्थीसम्बन्धी समस्यालाई समाधान गरेर उनीहरुको जीवनयापन सहज बनाउनुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाले शरणार्थीका समस्यामा संवेदनशील भएर उनीहरुको समस्या समाधान गर्न उचित संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।

भुटानी मानवअधिकार नेता टेकनाथ रिजालले तिब्बती र भुटानी शरणार्थीका कतिपय समस्या समान रहेको बताउँदै शरणार्थीका समस्या सुल्झाउने र सुन्ने उच्चस्तरीय आयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल मानवअधिकार सङ्गठनका अध्यक्ष सुदीप पाठकले शरणार्थीको हैसियतसम्बन्धी महासन्धि १९५१ पारित गरी नेपाल सररकारले आफ्नो स्पष्ट नीति र कानुन बनाउनुपर्ने तथा शरणार्थीका अधिकार सुरक्षित गर्न सरकारले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।
उहाँले शरणार्थीलाई स-सम्मान आफ्नो देश र्फकन पाउने अधिकार स्थापित गराउन नेपाल सरकार र अन्तर्राष्ट्रिय जगतले पहल गर्नुपर्ने बताउनुभयो ।

संवाद नेपाल पोखराका अध्यक्ष नीलकण्ठ शर्माले शरणार्थीको मानवअधिकार सुरक्षित गरी जीवनयापन सहज बनाउन कानुनी र नीतिगत कुराहरु स्पष्टरुपमा सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दलित आयोगका अध्यक्ष एवम् पर्ूवसांसद बिजुल विश्वकर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का र संवाद नेपालका किरण पौडेललगायतले शरणार्थीका मानवोचित समस्याहरु समाधानमा सबै पक्षको सहयोग हुनुपर्ने बताउनुभयो ।

बर्गिकरण: शरणार्थी, समाचार

4 Responses

  1. Homnath says:

    Hidden due to low comment rating. Click here to see.

    यो प्रतिकृया धेरैलाई मनपरेन ! तपाईंलाई? Thumb up 1 Thumb down 4

  2. N B Giri says:

    Now most of the Bhutanese refugee may not return back to Bhutan but, for its own good Bhutan should open its door to its citizens and make clear, unbiased and acceptable constitution to protect the citizens.

    It is good if Nepal ratifies refugee laws but, Nepal has done lot to give shelter and security to refugees. But, Nepal is not and cannot do anything politically because Nepal Government is neither committed nor strong to raise our issue. Human rights activists or well-wishers are also incapable in our case. 20 years gone…nothing happened..

    New leaders from new generation with good vision if find strength and will power in themselves then that can be a hope, time will tell.

    यो प्रतिकृया धेरैलाई मनपर्‍यो ! तपाईंलाई? Thumb up 8 Thumb down 3

  3. bikash says:

    Hidden due to low comment rating. Click here to see.

    यो प्रतिकृया धेरैलाई मनपरेन ! तपाईंलाई? Thumb up 1 Thumb down 4

  4. mailo says:

    भुटानि नेता टेक्नथ रिजल जी ले अन्दोल म पनि हथ बादेर बशी रहे , भनने सबा, मीतिङ म पनि हथ बादेर मुन्तो झुकय्र यारा भित्य्दिनु भो

    यो प्रतिकृयामा धेरै बहस भएको छ । तपाईंको के छ बिचार ? Thumb up 5 Thumb down 5

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ । आफ्ना लेख रचनाहरू यहाँ प्रकाशित गर्न चाहनुहुन्छ भने purbelitimes@gmail.com मा इमेल गरि पठाउनु सक्नु हुनेछ ।