Categories
विचार

‘हाय गर्मी’

  • रुपक अधिकारी

बाहिर मिलिजुली मिटर पानी परिरहेको थियो । भित्र गर्मीले हुटहुटी मचाएको कुरा सबका अनुहारले बताइरहेको थियो । गौरादहबाट निस्किएको माइक्रो २ घण्टा बित्दासम्म जिल्ला छोड्न सकेको थिएन । यस्तो जाम मैले ठ्याक्कै १२ बर्ष अगाडि कलंकी नागढुङ्गामा खेपेको थिएँ । त्यतिबेला गाडिको जाम लामलस्कर भएको थियो तर आज गर्मीको जाम ट्राफिकको पहिरनमा ताराबारी ढाटमा थियो । गर्मी छल्न माहिर हजुरआमा आइज लुखुरी आइज भनेर सित्तल बोलाउथिन् तर गाडी भगाउन ड्राइभर दाइले जानेनन् । उनिसँग लुखुरी जस्तो तोड छैन । वास्तवमा उनले नजानेका हैनन् , ढंग अलि बिग्रेर मात्र नसकेका हुन् ।

एउटा अध्याय अधुरो लेखेको बर्षौं भैसकेको छ । त्यसलाई पूरा गर्ने एउटा मात्र उपाय यात्रा । अ जर्नी टु द एज अफ वेस्टर्न टेरिटरी फ्रम द एज अफ इस्ट्रन टेरिटरी । तर एउटा यात्राले जिन्दगीभर कहिल्यै यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने भान भएको छ । हाय गर्मी – जिन्दगी एउटा यात्रा हो भन्ने म आज यात्रा गर्नु नपरोस् भन्दैछु । यसमा दोष कसको ? ४०० मा किन्न मिल्ने प्रशासन ? २०० मा बिक्ने ट्राफिक प्रहरी ? आठाना लुटेर चाराना बचाउने दाउमा फनफनी घुमाउने ड्राइभर दाइ ?

यात्रुबाहक हायसले यात्रुहरुको एक बोरा चामल बोक्नु नौलो कुरा हैन तर ट्रान्स्पोर्ट अन्तर्गतको ट्रकले जसरि गाडी भर्नु पक्कै गलत हो । तीन गुना बढी मूल्य तिरेर यात्रा गर्ने मजस्ता १३ जना अरु यसमा केही बोल्न सकेनन् । सबैलाई कुनै हालतमा पनि पुग्नु थियो ।

जमाना यति अगाडि छ म के भनौं । जसरि आमालाई हरेक औसधि थाहा हुन्छ त्यसैगरी बुद्धिजीवीहरुलाई कुनैपनी कुराको स्तर कसरी बढाइन्छ भन्नेकुराको ज्ञान हुन्छ । जान्नेबुझ्नेहरु त अझ आफ्नो बिहेको पार्टिमा बचेको रु ८०० को गोल्डेन ओक राखेर छोराको ब्रतबन्धमा ब्ल्याक लेभल भन्ने गर्छन् । रक्सी जति पुरानो उति राम्रो रे । हाय गर्मी – समय भनेको प्रोसेस हो नबुझेकाहरुलाई म के भनौं ।

गाडी खाली फर्कनुपर्ने भएर बढी भाडा उठाएका हुन् अरे । मैले त सहज परिस्थितिमा पनि रित्तै गाडी दौडिएको देखेको छु । त्यतिबेला त महँगो शुल्क उठाउदैनन् त । आखिर मौकामा चौका हान्न त हामी कसैले पनि छोड्दैनौं । अझ कहिलेकाही त चौका रकेटको स्पिडमा उडाउछौं । रकेटको पुछरको आगोले अरुलाई कति गर्मी दिन्छ हामीलाई त्योभन्दा धेर चासो कति प्रतिफल मिल्छ भन्ने रहन्छ । हाय गर्मी – धार लगाउन आरनको ताप खेप्नै पर्छ भनेर हाम्रो मानसपटलमा पहिलेनै भरिएको छ । र त हामी गर्मी सहन्छौं । लुटाराहरुको गर्मी ।

लमजुङको यात्रामा मलाई गुगल म्यापले घरिघरी साथ दिएको थियो । काठमाडौका कुनैकुनै कार्यलय खोज्दा घरिघरी यसैको साहारा छ । पठाओ र टुटललाई त भरपुर साथ दिएकै छ तर झापा टु काठमाडौ एक्स्प्रेसले पनि गुगल म्याप हेर्दै दौडनुपरेको अवस्था कस्तो होला त ? म भन्छु नि कस्तो हुन्छ । यात्रुहरुलाई पीडा हुन्छ । ड्राइभरहरुलाई बाहाना हुन्छ र थोरै तलमाथी भएको खण्डमा ट्राफिकलाई मज्जा आउँछ । हाय गर्मी – यस्तो पिडादायी यात्रा गर्नुपर्छ पहिलेनै भनिदिएको भए हामिसँग अरु बिकल्प थियो त ।तिम्रा गाडी मात्र त थिएनन् होला नि ? काठमाडौं भित्र माइक्रोमा उभिनुपर्दाको पीडा मैले लङ जर्निमा पनि महसुस गरें । ठ्याक्कै त्यस्तैगरी खुट्टा टेक्ने ठाउँको अभाव । कृतिम अभाव ।

दुइटा गाडी भाग्यो तँलाई त चौकी लैजान्छु भनेको प्रहरी साँच्चै इमानदार लाग्यो । उसको इमान झरिमा कमाई नभएकाले रिष बनी पोखिएको रहेछ । एउटा बाघे नोट देख्दा हेर त चार जना छौं पो भन्छ । २०० कित्ते प्रहरी आखिर दोषी को ? अंशबण्डा पुग्ने भएपछी गाडी छुट्छ । हाय गर्मी – २०० को ईमान बोकि आखिर कसरी बन्छ मेरो देश ?

पानी पानी अनि गर्मी गर्मी । छलकपट र लेनदेन गर्दै २ बजे गाडी खाना खान रोक्छ । अघिल्लो दिन यतिबेला युरो कपको लुफ्त उठाइरहेको थिएँ । चियाको चुस्की लिँदै । यतिबेला ठुस्की लिँदै गाडिबाट लखतरान ज्यान पुरानो सुटकेस जसरी भुइँमा झार्छु । धुलोको बदला गर्मी झर्छ । उफ ! अफ्ट्यारोमा बसेको शरिरको दुखाई झर्छ । यति दुख खेतमा गर्दो हुँ त बर्षभरी पुग्ने धान फल्दो हो । तर मलाई सपनाको सानो संसारमा पुग्नु जो छ । जहाँ एउटा कोठामा पुरै घर छ तर घर नै चैं छैन । हाय गर्मी – अब कति पेट भोको रहँदो छु । यो बेबखतको चामल नखाए के हुन्छ र ? उसैपनी यहाँ खानाको नाममा खाए खा नखाए घिच भनेर थालभरी केके दिन्छन् । न पेटलाई पुगोस् , न स्वास्थ्यलाई ।

पेट्रोलको भाउ बढ्छ र बिरोध हुन्छ । स्टन्ट गर्नलाई तेल सस्तो किन चाहियो ? महँगीको पिर भए त माइलेज दिने स्प्लेन्डर मात्र गुड्नुपर्ने हो त हाम्रो सडकमा तर सबैलाई यहाँ देखाउनुछ पैसाको गर्मी । सान ए सौख रहेगा तो लोग तुम्हारी कदर करेङ्गे वर्ना मर्नेसे पेहेले लोग हाल नहि पुछते । हाय गर्मी – खाने तेल त अब हामिले छुन नमिल्ने गरि पर सरेको छ । खैर केही छैन उसिनेको कुरा खानु स्वस्थकर छ । स्टन्ट देखाइएन ब्भने सरकारले बाटो किन बनाइराख्नु । उठ भैरे उठ । जा माइतिघरतिर फेरि एकपटक तेरो तेलको गर्मी बढेको छ ।

नेपाल बन्दैछ्को नारा बोकेर स्विसमा पहाड बनाउँदै छन् । सगरभन्दा अग्लो । र नेपालमा टेलिभिजन च्यानलले ताली र गालिमा भोट गर्न लाउँछ । हाम्रो जनमतको कदर नभएको बेला यस्ता बेतुकी मतको कोइ काम छैन । सामाजिक संजाल कहिलेकाही यस्तरी तात्छ मानौं क्रान्तिको उत्कर्ष यहि हो र अब आमूल परिवर्तन भैहाल्छ । हाय गर्मी – धरहराको उचाई बाट नदेखिएको दोहन , अपहरण , भ्रष्टाचार , बलात्कार , कहर र आतंक अब बाघको टाउको देखाएर स्यालको मासु बेच्ने ठाउँमा कहिल्यै देखिँदैन । उनिहरुका आँखाका मात्र हैन चिन्तनको पनि पावर घटेको छ । यो देश अब यस्तै रहन्छ । यो देश अदालत , सिंहदरबार र माइतीघर घुमिरहन्छ ।

सुत भैरे सुत । घरमा गएर आनन्दले सुत । बाहिर गर्मी छ राजनीतिको ।

Facebook Comments
Categories
देश मुख्य राजनीति

‘उत्तर कोरिया’ अर्थात् रोल्पाको परिवर्तन गाउँपालिकाः जहाँका कर्मचारी र जनप्रतिनिधिलाई खाना कै चिन्ता

रोल्पा । मुलुक संघीयतामा जानुपूर्व सदरमुकामका होटलहरूमा नक्कली माइन्यूट बनाउने र बिल मिलाएर सरकारी बजेट खाने गरेको चर्चा यदाकदा सुनिन्थ्यो । संघीय संरचनाअनुसार तीन तहका सरकार बने र ‘गाउँगाउँमा सिंहदरबार’ पुगेको भनियो । अधिकार गाउँमै प्रत्यायोजन भएको कुरा पनि सत्य हो । तर जनप्रतिनिधि निर्वाचित भएको पाँचवर्षको संघार टेकिसक्दा कर्मचारी र जनप्रतिनिधिले कुन ‘सिस्टम’को अभ्यास गरिरहेका छन् वा बसालेका छन्, त्यो भने समीक्षा गर्नैपर्ने विषय हो ।

असार मसान्तः अर्थात् आर्थिक वर्षको लेखाजोखा हुने समय । सदरमुकामका होटलहरू त सुके नै । स्थानीय तह वरिपरिका होटलहरूमा बिल मिलाउनेहरू अहिले पनि जाग्राम छन् ? हामी सबै सचेत नागरिकले चियोचर्चो गर्न जरुरी छ ।

अब कुरा गरौं, ‘उत्तर कोरिया’ अर्थात् रोल्पाको परिवर्तन गाउँपालिकाको । गतवर्षको कोभिड–१९ संक्रमण बढिरहेकै बेला सबै ठाउँका विद्यालय बन्द थिए । सरकारले नै जोखिमको क्षेत्र मानेर विद्यालय बन्द गराएको थियो । ठीक त्यसैबेला एकजना सोही गाउँपालिकाका शिक्षकले विश्वलाई बेवास्ता गर्दै आणविक हतियार प्रक्षेपण गर्ने ‘उत्तर कोरिया’ जस्तै सरकारकै निर्देशन नमानेर गाउँपालिकाले विद्यालय सञ्चालन गरिरहेको फेसबुकमै लेखेका थिए । त्यसो त, निषेधाज्ञाकै समयमा गाउँपालिका अध्यक्षको गाडीमा सर्वसाधारण ओसारपोसार गरेको चर्चा पनि चलेकै थियो ।

परिवर्तन गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले क्लिनस्वीप गरेको गाउँपालिका हो । एकहिसाबले भन्दा गाउँ कार्यपालिकामा प्रतिपक्ष नै छैन । प्रतिपक्ष नै नभएको स्थानीय तहमा चरम विकास भइरहेको छ या ‘काले काले मिलेर खाऔं भाले’ भइरहेको छ ? गाउँपालिका अध्यक्ष ‘म आफै पत्रकार हुँ, अरु पत्रकार किन चाहियो ?’ भन्न समेत पछि पर्दैनन् । गाउँपालिकामा कहिलेकाँही झुल्किने अध्यक्षलाई के पत्रकारको भूतले लखेट्नुमा कारण छ ?

त्यसो त, ११ लाखको मन्दिर, १३ लाखको काठे पुल, बालविवाह गरेकाहरूबाट कानूनविपरीत पैसा उठाएर खाएको कुरा, डकुमेन्ट्रीको नाममा १५ लाख झ्वाम पारेको कुरा बेलाबेला चर्चामा आएका कुरा हुन् । यी कुरा केही जनप्रतिनिधि र कर्मचारीका लागि त सामान्य होला । तर जनताको कर, शुभचिन्तकको भोट र त्यो भन्दा पनि ठूलो कुरा यो व्यवस्था ल्याउन जीवन गुमाएका ‘परिवर्तन’हरुले भने आफ्नै नाम–कामको बदनामी भइरहेकोप्रति कति ग्लानी गर्दा हुन् ।

गाउँपालिकामा जनप्रतिनिधिहरुलाई ‘ठूला कुरा’ गर्न ठिक्क छ । उनीहरू हुनु र नहुनुले कर्मचारीलाई खास फाइदा वा बेवाइदा पनि छैन । जनप्रतिनिधि आउँदा कर्मचारीलाई कहिलेकाँही त ‘झेजो’ पनि लाग्दो हो । उपभोक्ता समितिको फाइल बोकेर लुखुर लुखुर हिडिरहेका जनप्रतिनिधि र ‘झर्ला र खाउँला’ भनेर पछिपछि लागेका अन्य राजनीतिक दलका मान्छेहरुलाई ‘कर्मचारीको काम’ हेर्न फूर्सद पनि नहुँदो हो । उपभोक्ताका लागि त फेरि पनि ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने अनि हिड्ने हो । विकास र समृद्धि त ‘फुस्सा’ ।

‘सिस्टम’को सबैभन्दा ठूला कुरा गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई सेलिब्रेटी हुने रहरले पिरोलिरहेको छ । जस्तोसुकै स्टन्ट गरेर हुन्छ– बस् ‘सेलिब्रेटी’ भए भो । नेपाली कांग्रेस निकट विचार राख्ने हाकिम र सोही विचार समर्थक लेखापालको गतिविधिले उपभोक्ता समेत वाक्क छन् । यस विषयमा गाउँपालिका अध्यक्षले समेत ‘सबै उनीहरुकै हातमा भएको’ स्वीकार गरे । अनि माओवादीले क्लिनस्वीप गरेको भनेर छाती फुलाएर हिड्ने कार्यकर्तालाई अब इस्स।।।। भन्ने रु

चाहे जनप्रतिनिधि होस् या कर्मचारी । साझा हुनुपर्छ । साझाको अर्थ संविधानको परिधिभित्र रहेर राष्ट्रको पहरेदारका रुपमा काम गर्नुपर्छ । काम गर्ने आफ्नै नीतिविधि र आचारसंहिता होलान् । तर वैचारिक रुपमा नजिकका उपभोक्तालाई लेखापाल र हाकिम आफैले चेक घरमै पु–याइदिने अनि अन्यलाई अड्काइ राखिदिने गरेपछि उपभोक्ताको आक्रोश कहिले न कहिले अवश्य छचल्किन्छ ।

सभ्य भाषामा भन्दा कर्मचारी पाहुना जस्तै हुन् । नेपाली सभ्यतामा पाहुनालाई देउता पनि मान्ने चलन छ । जान्ने हो भने, पाहुना भएर गएपछि निश्चित दायरामा बस्नुपर्छ । तर आफै घर मालिकजस्तै गरेर घरको कोठाकोठा डुल्ने छुट पाहुनालाई नहुन पनि सक्छ । पाहुनाले इमान, नैतिकता, हार्दिकता प्रदर्शन गर्ने हो ।

अब जाँदाजाँदै जनप्रतिनिधिले पाँचवर्षमा गरेका कामको गम्भीर समीक्षा हुनैपर्छ । समीक्षा जनप्रतिनिधिकै ‘स्वाद’को नहुन पनि सक्छ । जनप्रतिनिधिको राम्रा र नराम्रा अभ्यासले भोलिको स्थायित्वसँग अर्थ राख्छ । संघीय संरचनामै यदाकदा प्रश्न सुनिन थालेकै बेला जनप्रतिनिधिको व्यवहारले जनतामा व्यवस्थाप्रतिनै थप वितृष्णा बढाउँछ । अहिलेसम्मको परिवर्तनलाई संस्थागत गर्न पनि हाम्रा बानी व्यवहारले महत्वपूर्ण भूमिका खेल्नेछन् । संघीयता कार्यान्वयनको पहिलो अभ्यास भइरहेकै बेला सुरुमा जुन नजिर स्थापित गरिन्छ त्यही कुरा स्थापित हुने हो । राम्रो बीउ रोपे जुगजुगसम्म राम्रो फल दिन्छ, नराम्रो बीउ रोपे जुगजुगसम्म अस्थित्वहीन भएर जिउने हो । हामीले गर्ने कर्मले भोलिको पुस्ताको भविष्य निर्धारण गर्ने हो ।

यसलाई सारांशमा भन्दा लोक कल्याणकारी ‘सिस्टम’ बसाउने कुरा हो । सही ‘सिस्टम’का लागि सही नेतृत्वको पनि जरुरत हुन्छ । गलत कुराको विरोध गर्न तेरो–मेरोको घेराभन्दा माथि उठेर राम्रोको पक्षमा लागौं । तर राम्रोको आशामा समर्थन गर्दागर्दै पनि भीरतिर सोंझिएकाहरुलाई भन्न त राम राम शब्द नै काफी छ ।

Facebook Comments
Categories
मुख्य स्वास्थ/ शिक्षा

दुई हजारभन्दा बढीमा सङ्क्रमण

पछिल्लो समय नेपालमा आज थप दुई हजार ६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो ।

हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्तभई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेशनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेशनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४.६ रहेको छ ।

काठमाडौँ उपत्यकामा ५६२ सङ्क्रमित

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये ५६२ काठमाडौं उपत्यकाका हुन् । सोमा काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।

२३ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments
Categories
मुख्य

चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई पक्राउ गरिएको हो ।

चन्द्रागिरि–३ थानकोटमा गए राति उनीहरुसहित तीन जनाको समूहले चक्कु प्रहार गर्दा साहलाई गम्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि–३ थानकोट र तामाङलाई सोही नगरपालिका–१ दहचोकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा संलग्न भइ हाल फरार एक व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेका दुईविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Facebook Comments
Categories
देश मुख्य

सितापुरी – किष्ने सडक कालोपत्रे गर्न कमलबासीको माग

सोम मंग्राती
केर्खा। साबिक लखनपुर र तोपगाछीको सिमानामा पर्ने कमल गा.पा. वार्ड नं. ४,५ र ६ को संगममा पर्ने सितापुरी – किष्ने सडक कलोपत्रे गर्न स्थानियले माग गरेका छन् ।

सोमवार स्थानियबासी र जनप्रतिनिधि बिच शान्तिपुर चौकमा भएको भेलामा स्थानियले सो माग गरेका हुन् । स्थानियबासी, जनप्रतिनिधि र टोलबिकास संस्थाका पधाधिकारीहरु बिच भएको भेलामा छेउ छाउका सबै सडक कालोपत्रे भइसके पनि सितापुरी किष्ने सडक हाल सम्म कालोपत्रे नभएको स्थानियबासि उमनाथ अधिकारीले गुनासो गर्नुभयो ।

भेलमा बोल्दै कमल गा.पा. उपाध्याक्ष बेणु शिवाकोटी ले सो सडक कालोपत्रेकालागी एडिवी को योजनामा पारिसकेकोले केहि ढिलो भएपनि सडक कालोपत्रेको काम चाडै सुरुहुने आश्वासन दिनुभयो ।
भेलामा ठुला योजना अन्तरगत पर्ने काबेली जलबिधुत आयोजनाबाट ल्याईने हाइटेन्सन विद्युतको खम्बा सोहि सडकमा लगाउने कुरामा स्थानियबासीहरुको चर्को बिरोध चलिआएको बिषयलाइ लिएर सरकारले नै सडक कालोपत्रे नगरेको हो कि भन्ने स्थानियले आशंका ब्याक्त गरेका थिए । स्थानियको आशंका निवारण गर्दै गा.पा. अध्यक्ष मेनुका काफ्ले कालोपत्रे बनाउनेसँग हाईटेन्सन बिद्युत प्रसारण लाईनको सम्बन्ध नभएको बताउनुभयो । उहाँले सडक कालोपत्रेकालागी डिपिआर भै सकेको र काम चाडै सुरुहुनेमा विश्वस्त रहन स्थानियहरुलाई आग्रह गर्नुभयो ।

भेलामा स्थानियहरुले सडक कालोपत्रेको काम चाडै अगाडि नबढे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Facebook Comments
Categories
कोरोना देश मुख्य

चलचित्रकर्मी संघद्वारा राहत बितरण

राम थापा
दमक । पुर्ब क्षेत्रमा छरिएर रहेका चलचित्र कर्मी तथा चलचित्र प्राबिधिकहरुलाइ चलचित्रकर्मी संघ प्रदेश १ ले राहात बितरण गरेको छ ।

झापाको बिर्तामोडबाट सुरु गरि दमक, ईटहरी, धरान हुँदै बिराटनगर सम्मका चलचित्रकर्मी तथा प्राविधिकलाई राहत बितरण गरिएको  संघका कोषाध्यक्ष रोहन सेनले बताउनुभयो । कोरोना संक्रमणका कारण ठप्प रहेको चलचित्र क्षेत्रका चलचित्र कर्मी तथा प्राबिधिकहरुलाई अत्याबश्याक खाद्यान्न लगायत मास्क ,सेनिटाईजर बितरण गरिएको सेनले जानकारी दिनुभयो ।

देश बिदेशमा रहनुभएका नेपाली चलचित्रलाई माया गर्ने दर्शक , शुभचिन्तक साथै  संघका पदाधिकारीहरुबाट  सहयोग संकलन गरि राहत बितरण गरिएको संघका अध्यक्ष केवल तामाङ्ले बताउनुभयो । संघले सुरु गरेको राहत बितरण कार्यक्रमलाई निरन्तरता दिदै  पुर्वका पहाडी  जिल्लाहरुमा अक्सिजन सिलिण्डर समेत बितरण गर्ने योजना बनाएको संघका अध्यक्ष तामाङ्ले जानकारी दिनुभयो ।

राहात बितरण कार्यक्रममा केवल तामाङ, रमेश तिवारी, रोहन सेन, मनिता तामाङ्ग, सुमन तामाङ्ग , किशोरकुमार सम्बाहाम्फे र केशब रायमाझी सहभागी हुनुभएको थियो ।

Facebook Comments
Categories
देश मुख्य

प्रहरीले मदिरा पसलबाट भोड्का चोरेको भिडियो भाईरल: नेपाल प्रहरीका सईसहित तीन प्रहरी निलम्बित

सिरहा । मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सई नबलकिशोर ठाकुर तथा प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन् । गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए ।

सञ्चालक भागेपछि पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए । उनीहरुले भोड्का रक्सी लिई गएको भिडियो विभिन्न सामाजिक संजाल तथा संचार माध्यमबाट सार्वजनिक भएका थिए ।

त्यसप्रति ध्यानाकर्षण भएपछि उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Facebook Comments
Categories
देश मुख्य स्वास्थ/ शिक्षा

‘१० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो’: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पर्यटन काज शिक्षकहरुका लागि पनि भएको स्पष्ट पारेका छन् ।

कतिपय शिक्षकका पेसागत संघसंस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेका बेला शिक्षामन्त्री श्रेष्ठले शिक्षकहरुलाई भ्रममा नरहन आग्रह गरेका हुन् ।
मन्त्री श्रेष्ठले १० दिने पर्यटन काज शिक्षकका लागि भएकोले त्यसमा कसैले पनि चिन्तित हुनु नपर्ने बताएका छन् । उनले भने, ‘यो कार्यक्रममा शिक्षक पनि समावेश छन् । शिक्षक पनि राष्ट्र सेवक नै हुन् । १० दिने पर्यटन काजमा शिक्षकहरु छुट्दैनन् ।’

बजेटमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने उल्लेख छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बक्तव्यमा उल्लेख छ ।

Facebook Comments
Categories
देश मुख्य राजनीति

गणतन्त्र दिवसकै दिन एमाले नेता शंकर पोखरेलकाे चेतावनी :  ओलीको नेतृत्व अस्विकार गरे नयाँ ‘खिलराज’को जन्म

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व अस्विकार गरेमा ‘नयाँ खिलराज’को जन्म हुने चेतावनी दिनुभएको छ ।

फेसबुक पेजमा स्टाटस लेख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले संविधानमै व्यवस्था भएको मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा ‘खिलराज रेग्मी’ जन्मिने उल्लेख गर्नुभएको छ ।

‘संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो ‘खिलराज रेग्मी’ जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै,’ उहाँले लेख्नु भएको छ ।

Facebook Comments
Categories
देश मुख्य

हङ्कङ् लैजाने भन्दै पथरीका लिम्बू दम्पतीको १५ लाख ठग्ने बिरुद्ध उजुरी  

सोम मंग्रान्ती
झापा । मोरङ्गको पथरी शनिश्चरे  स्थायी बसोबास गर्ने देबी लिम्बू दम्पतीले हाल हङ्कङ् बसोबास गर्दै आएकी धरान सुनसरीकी दिलमाया कन्दङ्वा बिरुद्ध ठगिको उजुरी दिएका छन् ।
डिपेन्डेन्ट भिसामा हङ्कङ् लैजाने भन्दै १५ लाख रुपैया लिएर नलगेको र पैसापनि फिर्ता नगरेको भन्दै उनिहरुले दिलमाया बिरुद्ध धरान प्रहरीमा उजुरी दिएका हुन् ।

दिलमाया कन्दङ्वाले करीब १२ बर्ष अगाडी हङ्कङ् लैजाने भन्दै लिम्बू दम्पतीसँग रु १५ लाख रुपैयाँ  लिएकी थिईन । तर अहिले सम्म हङ्कङ नलगीएको र पैसा फिर्ता पनि नदिएकोले उजुरी दिनुपरेको श्रीमान देबी लिम्बुले बताए ।

ठगी गर्ने दिलमाया बिरुद्द पहिलेपनि प्रहरीमा उजुरी दिएर २ पटक कागज गराउदा दिलमायाको श्रीमान् अजय जिमी याख्खाले म तिर्छु भनि जम्मा ५ लाख मात्र फिर्ता गरेको र त्यसपछी ४ बर्ष सम्पर्कबिहिन भएको लिम्बू दम्पतिले बताए ।

हङ्कङ्ग पुगिने आसमा बैकबाट कर्जा लिएर रकम बुझाएका थियौं , तर यत्रो बर्षसम्म न जान पाईयो नत दिएको पैसानै फिर्ता पाईयो उल्टो बैंकको साँवा ब्याज तिर्न नसकेर उठिवास लाग्ने अवस्था भएको लिम्बू दम्पतिले बताए ।
दिलमाया र उनको श्रीमानले प्रहरी चौकीमा लिम्बू दम्पतीसँग हामीले हङ्कङ् लान सकेनौ लिएको रकम १९ लाख ५० हजार फिर्ता गर्छौ भनी कागज समेत गरेका भएपनि रकम फिर्ता नपाएको दम्पतीको भनाई छ ।
प्रहरीमा गरिएको कागज अनुसारपनि रकम फिर्ता नगरेपछि लिम्बू दम्पतिले संचारकर्मीहरुकोे सहयोग मागेका थिए । संचार माध्याम युट्युवमा लिम्बू दम्पतीले आफु दिलमायाबाट ठगिएको बताएपछि दिलमायाका श्रीमान अजय जिमी याख्खाले फेसबुक लाईभ मार्फत लिईएको भनिएको सबै रकम फिर्ता गरिसकेको बताएका थिए । तर लिम्बू दम्पतीले भने ५ लाख भन्दा धेरै फिर्ता नपाएको बताएका छन् ।

१२ बर्ष अगाडि ३६ लाखमा हङ्कङ् लैजान्छौं भनेर दिएको १५ लाख एड्भान्स रकम आजसम्म फिर्ता नपाएपछि लिम्बू दम्पती अहिले प्रहरी र संचारकर्मीहरुसँग रकम फिर्ताकालागी हारगुहार गरिरहेका छन् ।

Facebook Comments